कबिता:यो समाज

यो सुन्दर सन्सारको लालची दुनियाँमा,
यक यक पलले अर्थहिन पाईला चालिरहदा,
म निशब्द छु ।
जहाँ हरेक दृढ सोचमा शङ्कालु नजर हुन्छ,
तर पनि यहि समाजमा बाचिरहेछु।
केही पाउने आशामा ताकी आफुमा सन्तोष गर्न सकु।।

हरेक पलहरु यस्ता बुनिन्छन,
हाडिमा भुटियको मकै सरि।
आकर्षित गर्ने खालका हुन्छन्न
तर उछिट्टियर बयान
गर्न नपाउदै टिकाटिप्पणी ले छोपिहाल्छ्न,
हो म तेहि समाजमा बाचिरहेछु।
जहाँ यथार्थलाई होइन यथास्थितिलाई पुकारिन्छ।।

कुन्नी कस्तो लेखिदिय भाविले भाग्य
डुब्नलाएको घामको झुल्को जस्तै
जहाँ यौटै आसा छ कसैलाई निम्तो दिनपाउ
हो यस्तै छ,हर घडिमा
खुट्टा तान्ने देखि लाचारीपन देखाइ डुब्नलायको
घाम बनाउने
म तेहि समाजमा बाचिरहेछु।
जहाँ यक यक पलको आडम्बरी तत्व पर्छायको छ।।

हरेक ठाउँमा अल्झियको जनैसरि,
पङ्तिमिलायर राखियको पाउछु।
तर कतिखेर अस्तित्वहिन हुन्छ पत्तो पायको छैन।
थाहा पायको छैन,
 गाउबाट झरेका अनपढ अग्रपंक्तिमा बस्दै,
घन्टौको प्रतीक्षाबाट हसिलो अनुहारसाथ निस्कियको
हो म तेहि समाजमा बाचिरहेको छु।
जहाँ तिम्रो गोजिको सामर्थ्य चल्छ।।


Comments