कबिता:दैनिकी
बगेको खोला र मरेको इच्छा कहिल्यै फिर्ने रहेनछ
दुखबाट भागेर के गर्नु सुखलाई अर्पने
कुनै आधार नभयपछि पीडा सहन सक्ने ढुंगाको
मुटु चाहिनेरहेछ
आधीसरि आयका सम्पुर्ण चोटहरुले मन छियाछिया पारिरहेछ
पेट पाल्ने जोहो गर्दै छोरीको भबिस्य
आज सडकको छेउमा धिपिर धिपिर गरि बलिरहेछ
कुनै स्वार्थ नमिसायपनि नाफा घाटा जेभयपनी दिनचर्या चलिरहेछ
जस्तो जे भयपनी दिनचर्या चलिरहेछ
तिम्रो हसिलो मुहारको छेउमा सालिन मुर्तिसरी बस्नुपरिरहेछ
जतिनै हास्यास्पद तिम्रो बोलिमापनी कष्ट्कर हासो छाड्नुपरेछ
सुखजती बालापनमै रित्तियसरि दैनिकि दुखसङ्गै आत्मसात गर्दै बितिरहेछ
नपढेको त मैले नि कहाँ हो र,
तर त्यो पढाईले आज मलाई
सामान्य हिसाबमा अनबिज्ञ हुनबाट मात्र जोगाईरहेछ
टन्टलापुर घाममा।।,
तिमि फाउन्डेसन र क्रीम लगाई छातामा लुकेर हिडिरहेछौ
तर हरियो पोसाक लगाउनेसङ्ग लुकेर नुन,तेल,कलम कापिमा म र मेरो सपनामा हिडि रहेछ
बाढिपहिरोले जायजेथा लग्यो भुईचालोले सासु ससुरा
श्रीमान अपांग भय मेरो आधादिन सडकमै बितिरहेछ
ठुलो क्यामेरा बोकि सुटमा सजिएर आउछन्
र सोध्न थाल्छन्
आमा हजुरले..,.., यो काम किन गर्नुभको?
हार भइसकेकि छु म उत्तर दिदादिदा
किनकी पटकपटकको भेटमा थाहाछैन कति आँसु
चुहिरहेछ,यी ओठ कति सुकिरहेछ
तरपनी कसैले भन्दैनन "आमा पानी"
थाहा छैन किन मेरो साथ उनीहरुलाई चाहिरहेछ
६/७ महिनापछी फेरि
आश्वासन दिन आउछन् तर कसैले भन्दैनन
आमा हजुरको मकैलाई आज २० को साटो २५ तिर्नेछु,छोरिको लागि कपि र कलम,र केही रकम
हाम्रो तर्फबाट
थाहा छ हजुरमा के बितिरहेछ
कसैले बुझ्दैनन म मा के बितिरहेछ।
#सडक छेउमा मकै पोल्नुहुने आमाहरुमा समर्पित
Comments
Post a Comment