गाउबाट आज केही हराईरहेछ।
गाउबाट आज धेरै चिज हरायकोछ,
भोलिको सोचोमोचोका निम्ति सहर पसेकादेखि
घरपरिवार,जहान बालबच्चा र शिक्षाका निम्ति
मलेसिया,अष्ट्रेलिया,क्यानडा,कतार साउदी अम्रीका
जानेहरु कै कारण गाउँबाट केहि हराईरहेछ
आज गाउँबाट केही हराईरहेछ
रमाईला महाभारतका श्लोक
र तितामिठा कथा र पुराणका अंश सुनाउनुहुने
बुढाबा को घर र बस्तुभाउले भरियको गोठ
तेहि दिनदेखि खाली हुन थालेको हो
जुनदिन हर्लिक्सको बट्टामा घ्यू
र प्लास्टिकमा पोको पारियको गुन्द्रुक मस्यौरा
साथै नरुनु चाडै फर्की आउनेछु भन्दै
बारिको कान्लादेखी घरको धुरी देखियसम्म हेर्दै
सगालेर सम्पूर्ण ती यादहरु
झोलामा कसि बिदेसियको दिनदेखिनै हो
बुवाआमाको ओठमा हासो रोकोयको
ऋणको भारिले यो मन कसियको
तेहि दिनदेखी गाउबाट केहि चिज हराईरहेछ।
आज गाउबाट केही चिज हराईरहेछ।।
खेतबारी हेरि र घरगोठ चलाई रमेको त्यो परिवारमा
खुसिको मलम तेहि दिन सकियको हो
जुनदिन +2 सकेको छोराले बाहिरीदेश गई पढ्ने सपना बतायो
सपनासङ्गै जब आसलाग्दो त्यो कहानी बतायो
छोरिको दाईजोको खेत तेहि दिन बिकेको हो
पसिनाले सर्ट र कोर्नलागेको सलाईको काटी तेहि दिनदेखि भिजेको हो
यस्तै अनगिन्ती छोराहरुकै कारण आज गाउँबाट केही हराईरहेछ
आज गाउँबाट केही हराईरहेछ।
नातिनातिना खेलाउदै बुढ्यौली कटाउने सोचेका
बुवाआमा पिढिँमा बसि
अस्ताउन लागेको घाम र अगेनी हेर्दैछ्न
उज्याउदै गरेको जुनको टहलाई हेर्दै
आज त बज्छ्की नोकिया टोन भनी कुर्दैछन।
छोरिबुहारीको बाटो हेर्दै गुनगुनाउदैछ्न।
त्यो खालि घरमा आयको दशै
र तिरनतारनसङ्गै नआएको छोरो सम्झदै छ्न
यस्तै अनगिन्ती छोराकै कारण आज गाउबाट केही चिज हराईरहेछ
आज गाउबाट केही चिज हराईरहेछ।
छोरोको खुसिको निम्ति आशुले भिजाइ
ती परेलिहरु र भारी मन बोकेर बिदा गरेको क्षण
बदलिएर कहिले आउनेछ
मुस्कान लियर भन्दै सोच्दैछ्न
तर त्यो सपनामुलक कहानी कहिल्यै बिपनी भएन
पख्नुस न बुवा एक दुईबर्षपछी डिभी/पिआर आउछ
तेसपछी आउछु नि है
भनेको छोरो आजसम्म नि आयन
डिभी/पिआर र डलरको मोहमा आमाको काख र बुवाको लाख बिर्सेका छोराहरु
जसकै कारण आज गाउमा केही चिज हराईरहेछ।
आज गाउमा केही चिज हराईरहेछ।

Comments
Post a Comment